६७ औं सहकारी दिवसमा सेतिमदीको सरसफाई

पाेखरा | चैत २०, २०८०

६७ औं सहकारी दिवसमा सेतिमदीको सरसफाई

पोखरा:  ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा सेतिमदी बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम गरेको छ ।

 

पोखराको हरिचोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म सेतिमदी सहकारीले सरसफाई कार्यक्रम गरेको हो ।

 

पोखरा महानगरपालिका २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सहकारीका अध्यक्ष जयलाल अधिकारीलाई सरसफाईका समाग्री हस्तातरण गर्दै सरसफाई शुभारम्भ गरिएको थियो ।

 

सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानांगले उक्त कार्यक्रम उदाहरणीय भएको धारणा व्यक्त गरे ।

 

उनले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउदै आगामी दिनमासमेत रचनात्मक र सकारात्मक कार्यक्रमलाई सहकारीले निरन्तरता दिनुपर्ने बताएका थिए ।
 

हरिचोकदेखि विन्ध्यवासिनीसम्म सडक किनारमा फालिएका प्लाष्टिक, प्लाष्टिकजन्य पदार्थहरु तथा बोतल लगायतका फोहोरहरु व्यवस्थापन गरिएको सहकारीका शिक्षा तथा वातावरण उप–समितिका संयोजक प्रेम बहादुर गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो सहकारीले विगतमा पनि समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतनमूलक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम गरिसकेको छ ।

 

सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने मूल नाराका साथ देशभर ६७ औं राष्ट्रिय सहकारी दिवस एकसाथ मनाउदै छन्  ।

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ ।   चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेस...

थप पढ्नुहोस्